
चितवन: नारायणगढ–मुग्लिन सडक खण्डको नौकिलोमा ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा तीन जना घाइते भएका छन् ।
नारायणगढबाट मुग्लिङतर्फ जाँदै गरेको वाग्मती प्रदेश ०३ ००१ ख ३४९० नम्बरको ट्रक आइतबार बेलुका पौने ७ बजेतिर इच्छाकामना गाउँपालिका-६ नौकिलोमा सडक किनारमा पल्टिएको हो । चामल बोकेको ट्रक पल्टिँदा च्यापिएर दुई जनाको मृत्यु भएको र तीन जनाको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
प्रहरीका अनुसार मृत्यु हुनेको सनाखत भन्ने भइसकेको छैन ।