दमौली : कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान) तनहुँको १२ औँ वार्षिक साधारण सभा तथा छैटौं जिल्ला अधिवेशन विहिबार व्यास ५ मानहूँकोट रिसोर्टमा सम्पन्न भएको छ । अधिवेशनले सुसिल कुमार श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको हो ।
क्यान महासंघको उपाध्यक्षमा सीता पाण्डे, सचिबमा मिन बहादुर कुवँर, सह-सचिबमा उमेश भुसाल, कोषाध्यक्षमा राम प्रसाद भुसाल रहेको छन् । त्यसैगरी सदस्यहरूमा श्रवन श्रेष्ठ, कृष्ण प्रसाद भुसाल, रन्जन सुनार र पवन पौडेल सर्वसम्मत चयन भएका छन्।
कार्यक्रममा कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान ) तनहूँ जिल्ला शाखाका अध्यक्ष विश्व प्रकाश भुसालको अध्यक्षतामा भएको उक्त कार्यक्रमका प्रमुख अतिथि म्याग्दे गाउँपालिकाका अध्यक्ष श्री प्रसाद श्रेष्ठ, विशिष्ट अतिथि कम्प्युटर एसोसिएसन नेपाल महासंघ केन्द्रिय सदस्यहरु चिन्तामणि बस्तोला र तुल्सीराम पाण्डे रहेका थिए।
त्यसैगरी अतिथिहरु संस्थापक अध्यक्ष खेमराज अधिकारी, जिल्ला क्रिकेट संघ तनहुँका अध्यक्ष मदन तिमल्सेना, क्यान तनहूँका पुर्व अध्यक्ष टिकाराम पनेरु , इन्द्र वहादुर थापा , कानुनी सल्लाहकार शिवदत्त ढकाल लगायतकाको उपस्थिति रहेको थियो।
उक्त कार्यक्रममा प्रमुख अतिथि श्रेष्ठले कम्प्युटर एसोसिएसन नेपाल महासंघ तनहूँ जिल्ला शाखले समाजिक क्षेत्रमा निकै राम्रो काम गर्दै आएको बताएका थिए । साथै उनले अहिले प्रविधिको सदुपयोग भन्दा पनि धेरै दुरुपयोग भएको बताउँदै प्रविधिको सही सदुपयोग हुन सकेमा देश विकास तीव्र गतिमा अगाडि बढ्ने बताएका थिए ।