आँबुखैरेनी : तनहुँको आँबुखैरेनी गाउँपालिकाले ऐनापहरा उद्यानबाट राम्रो आम्दानीको स्रोत बनेको छ । चार महिनाको अवधिमा रु.१६ लाख ५२ हजार आम्दानी भएको सो गाउँपालिकाले जनाएको छ । साउनको पहिलो सातादेखि संचालनमा ल्याइएको हो । यस उद्यानबाट कार्तिक महिनासम्म उक्त आम्दानी गर्न सफल भएको हो ।
आँबुखैरेनी गाउँपालिका–४ स्थित ऐनापहराको झरना तथा उद्यानमा घुम्न आन्तरिक पर्यटकहरुको घुँइचो लाग्ने गरेको छ । यतिबेला शैक्षिक भ्रमणमा आउने विद्यार्थीको चाप बढी हुने गरेको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत बिष्णुप्रसाद शर्माले जानकारी दिए ।
गाउँपालिकाले फोहोर व्यवस्थापनसहित चार जना कर्मचारी खटाएको छ, उनले भने “बर्षायाममा झरनाको दिव्य रुप हेर्न र हिउँदमा विद्यार्थी लगायतका आन्तरिक चापले गन्तव्यस्थल बन्दै गएको छ ।