तनहुँ–१ को क्षेत्रीय सभापतिमा त्रिपाठी विजयी

दमौली न्युज
  • ख-
  • ख
  • ख+

दमौली : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत तनहुँ क्षेत्र नम्बर १ को क्षेत्रीय सभापतिमा आनन्दराज त्रिपाठी विजयी भएका छन्। निर्वाचनमा त्रिपाठीले ३ सय ८६ मत प्राप्त गर्दै क्षेत्रीय सभापतिमा निर्वाचित भएका हुन्।

त्यस्तै, विश्वेश्वर खनालले ३ सय ६३ मत र सूर्यचन्द्र हड्खलेले २ सय ५६ मत प्राप्त गरेका छन्।
क्षेत्रीय सभापति चयनका लागि भएको निर्वाचनमा तीन जना उम्मेदवारबीच प्रतिस्पर्धा भएको थियो।

निर्वाचन परिणामसँगै अब क्षेत्रीय संगठनलाई थप व्यवस्थित बनाउँदै विभिन्न धारमा रहेका कार्यकर्तालाई समेटेर अघि बढाउने चुनौती नवनिर्वाचित नेतृत्वसामु देखिएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्