दमौली: तनहुँको व्यास नगरपालिका–१२ छिर्कने देखि देउराली सडक खण्ड २० दिन सम्म दैनिक साढे चार घण्टा बन्द हुने भएको छ ।
निर्माणाधीन मुग्लिन पोखरा सडकअन्तर्गत पर्ने उक्त खण्डको पहाड कटान गर्न मङ्सिर ३ गते देखि २३ गते सम्म दैनिक साढे चार घण्टा सडकमा सवारी आवगमन बन्द गर्न लागिएको हो ।
मुग्लिन पोखरा सडक योजना (पूर्वी खण्ड) ले एक सूचना जारी गर्दै
दुई चरणमा उक्त सडक खण्डको काम आज राति ११ बजे देखि बिहान १ बजेसम्म सडक पूर्ण रूपमा बन्द गरी सडक निर्माण गरिनेछ ।
राति १ बजेदेखि १:३० बजेसम्म सडकमा सवारी आवागमन खुला गरिनेछ भने दोस्रो चरणमा राति १:३० बजेबाट विहान ४ बजेसम्म सडक बन्द गरी निर्माण कार्य गरिने आयोजनाले जनाएको छ।
आयोजनाले मुग्लिन पोखरा सडक योजनाको पूर्वी खण्डमा सडक निर्माणको कामलाई तीव्रता दिनका लागि छिर्कनेदेखि देउराली खण्डमा अत्यावश्यक सवारी बाहेक अन्य सवारी साधनका लागि उक्त अवधि पूर्ण रुपमा बन्द रहने जनाएको छ ।
उक्त अवधिमा रोकिने सवारी साधनहरुले सवारी रोक्दा र सवारी चलाउँदा कडाइका साथ लेन अनुशासन कायम राख्न तथा सवारी लामबद्ध भएको अवस्थामा जथाभाबी ओभरटेक नगर्न समेत आग्रह गरेको छ।

















