दुई वटा बस एकआपसमा ठोक्किदा बस चालककाे मृत्यु, ३० जना घाइते

दमौली न्युज
  • ख-
  • ख+

बन्दिपुर : तनहुँको बन्दिपुर गाउँपालिका– ५ गोरे चौतरा घुम्ती स्थित पृथ्वीराज मार्ग सडक खण्डमा दुई वटा बस एकआपसमा ठोक्किँदा बस चालकको मृत्यु भएको छ भने ३० यात्रु घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी अशोक थापाका अनुसार पोखराबाट नेपालगंज जाँदै गरेको भे १ ख ३४८७ नम्बरको बस र काठमाडौ‌बाट पोखरा जाँदै गरेको जी ए ए ००७० नम्बरको बस आइतबार अपरान्ह १५ बजेर ४० मिनेटको समयमा ठोक्किँन पुगेका थिए ।

दुर्घटनामा जीएए ००७० नम्बरको बसका चालक तनहुँको ऋषिङ पाटन घर भई पोखराको चाउथेमा बस्ने ३९ वर्षका रामबहादुर परियारको मृत्यु भएको हो ।

उनको डुम्रेस्थित लक्ष्मी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । घाइतेहरुको डुम्रे स्थित लक्ष्मी र मोती अस्पतालमा उपचार भइरहेको छ भने एक जनालाई चितवन पठाइएको पनि प्रहरी ले जनाएको छ । घटनाको बारेमा थप अनुसन्धान भईरहेको पनि डिएसपी थापाले बताए।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

W कभर स्टोरी