हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

दमौली न्युज
  • ख-
  • ख+

झापा : हात्तीको आक्रमणमा परी झापामा एक जनाको मृत्यु भएको छ।

हात्तीले आक्रमण गर्दा दमक नगरपालिका–३ दिपज्योति टोलका ४५ वर्षीय मीनबहादुर भण्डारीको मृत्यु भएको हो ।

जिल्ला वन कार्यालयका प्रमुख मेघराज राईका अनुसार छिमेकी सुविन भट्टराईको घर हात्तीले भत्काउन थालेपछि त्यसलाई धपाउ खोज्दा भण्डारी आक्रमणमा परेका हुन् ।

उनको घटनास्थलमा नै मृत्यु भएको थियो । (अनलाईन खबर बाट)

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्