तनहुँको छिर्कन –देउराली सडक खण्ड बन्द हुने

दमौली न्युज
  • ख-
  • ख+

दमौली : सडक बिस्तारका लागि पृथ्वी राजमार्ग अन्तर्गत छिर्कन –देउराली सडक खण्ड दुई चरण गरी बन्द हुने भएको छ । सडक बन्द हुने एक सुचना मार्फत जानकारी गराईएको हो ।

व्यास नगरपालका –१२ छिर्कन देखि देउराली सडक खण्ड मंसिर ३ गते देखि २३ गते सम्म राती ११ बजे देखि विहान १ बजे सम्म सडक पुर्ण रुपमा बन्द गरिने सुचनामा उल्लेख गरिएको छ, भने विहान १ बजे देखि १ः ३० बजे सम्म सडक आवागमन खुल्ला हुने पनि आयोजनाले जनाएको छ ।

यो सडक राति र विहान गरी दुई चरणमा बन्द गरि सडक निर्माणको कार्यलाई तिव्रता दिनको लागि यस सडक खण्डमा सवारी आवतजावतमा रोक लगाईएको हो आकस्मिक अवस्थामा विशेष व्यवसस्था गरी सवारी पास गराईने पनि आयोजनाको सुचनामा जनाईएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

W कभर स्टोरी