दमौली : तनहुँको व्यास नगरपालिका कार्यालयले भोलि हरिबोधनी एकादशीका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
हरिबोधनी एकादशीलाई पर्वका रुपमा मनाउने गरीएकोले नगरपालिका अन्तर्गत रहेका सम्पूर्ण कार्यालय, विद्यालय, सङ्घसंस्था, स्वास्थ्य संस्था लगायतमा सार्वजनिक बिदा दिइएको व्यास नगरपालिकाको सार्बजनिक सुचनामा उल्लेख गर छ ।