दमौलीः नेपाली कांग्रेसको जनसम्पर्क समिति समन्वय विभागमा तनहुँका दुई नेता सदस्य भएका छन् ।
तनहुँबाट कांग्रेस महासमिति सदस्य पुरुषोत्तम खनाल तथा कांग्रेस महाधिवेशन प्रतिनिधि एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका प्रेस सल्लाहकार गोविन्द परियार विभाग सदस्यमा मनोनित भएका हुन् ।
किरण शर्मा पौडेल प्रमुख रहेको विभागमा नेताद्वय मनोनित भएका हुन् । २८ सदस्यीय विभागमा तनहुँबाट २ जना मनोनित भएका हुन् ।
महासमिति सदस्य खनाल केन्द्रीय सदस्यद्वय गोविन्द भट्टराई र प्रदीप पौडेलनिकट मानिन्छन् । लामो समयदेखि प्रेस सल्लाहकारको भूमिकामा रहेका परियार भने पार्टी सभापति देउवानिकट मानिन्छन् ।
दुवैजना तनहुँ भानुका बासिन्दा हुन् ।