आँबुखैरेनी गाउँपालिकाले लगायो प्लाष्टिकका फुल र माला बिक्री कार्यमा प्रतिबन्ध

दमौली न्युज
  • ख-
  • ख+

आँबुखैरेनी : तनहुँको आँबुखैरेनी गाउँपालिकाले प्लाष्टिकका फूल र माला बिक्रीमा रोक लगाएको छ । प्लास्टिकजन्य फुल तथा मालाले वातावरणीय प्रदूषण बढाउनुका साथै मानव स्वास्थ्यमा प्रतिकूल असर गर्ने भएकोले प्रतिबन्ध लगाईएको हो ।

स्थानीय किसानबाट उत्पादित फूलले बजार नपाउने तथा ठूलो धनराशी बाहिरिने भएकाले प्रयोगमा प्रतिबन्ध लगाएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले बताए ।

गाउँपालिका फूलमा आत्मनिर्भर रहेको स्थानीय किसानले उत्पादन गरेको प्राकृतिक फूलमाला मात्र प्रयोग गर्न आग्रह गरिएको उनले जानकारी दिए।

कृषललाई प्रोत्साहन गर्न फूल खेतीमा अनुदानको व्यवस्था गर्नुका साथै पालिकाका कार्यक्रममा स्थानीय माला प्रयोग गर्न थालिएको अध्यक्ष चुमानको भनाई थियो ।


स्थानीय उत्पादनको प्रवद्र्धन र स्वास्थ्यलाई ध्यानमा राख्दै प्लाष्टिकजन्य फूल, माला उत्पादन, भण्डारण र बिक्री वितरण नगर्न आग्रह गरिएको हो । अध्यक्ष चुमानले स्थानीयस्तरमा फूल उत्पादनमा लागेका व्यवसायीलाई प्रोत्साहनसँगै प्लाष्टिक सामग्रीलाई निरुत्साहितका लागि प्लाष्टिकका मालालाई प्रयोग नगर्न आग्रह गरिएको थियो ।

प्लाष्टिको फूल र माला प्रयोगमा प्रतिबन्ध फूलखेतीमा आकर्षित गराउँदै आयआर्जनसँग जोड्ने उद्देश्यसहित निःशुल्क प्राविधिक ज्ञान, तालिम र ८५ प्रतिशत अनुदानमा बिरुवा वितरण गरिएको पालिकाले जनाएको छ । प्रत्येक वर्ष फूल भारतबाट आयात हुँदै आएकोमा गत वर्षदेखि उत्पादन हुन थालेपछि आत्मनिर्भर हुनुका साथै कतार निर्यात गर्न सफल भएको चुमानले बताए ।

चुमानले भने, “फूल निर्यात गरी महिलाको आयआर्जन वृद्धि गर्ने लक्ष्य राखेका छौं,  त्यसैले प्लाष्टिकका माला प्रतिबन्ध लगाएका छौं ।’ गत वर्ष सयपत्री फूलको खेतीबाट उत्साहित भएकाले यस वर्ष पनि निरन्तरता दिइएको अध्यक्ष चुमानले बताए । चुमानले भने, ‘गत वर्ष यहाँ उत्पादित फूल कतार निर्यात गरौं राम्रो मूल्य पाउँदा किसान उत्साहित भएका छन् ।’

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

W कभर स्टोरी