गुडिरहेको बसमा आगलागी

दमौली न्युज
  • ख-
  • ख+

काठमाडौं : ललितपुर स्थित सातदोबाटोमा गुडिरहेको बसमा आगलागी भएको छ । तर, कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ । शनिबार अपराह्नतिर महानगर यातायातको बा ४ ख १०६ नम्बरको बसमा आगलागी भएको हो ।

सातदोबाटोबाट ग्वार्कोतर्फ जाँदै गरेको बसमा अचानक तार ‘सर्ट’ भएर आगलागी भएको हुन सक्ने जिल्ला प्रहरी कार्यालय ललितपुरका सूचना अधिकारी तथा प्रहरी उपरीक्षक रवरत्न पौडेलले जानकारी दिए ।

बसमा आगलागी भएको खबर प्राप्त हुनासाथ प्रहरी टोली र ललितपुर महानगरपालिकाका दुईवटा दमकल प्रयोग गरेर आगो निभाइएको थियो । आगलागीबाट बस पूर्णरूपमा क्षतिग्रस्त भएको छ ।

आगलागीबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

W कभर स्टोरी