बलेरो जिप दुर्घटना हुँदा १ जनाको मृत्यू,२५ घाईते

दमौली न्युज
  • ख-
  • ख+

नवलपुर : नवलपुरको कावासोती १ बालुवा डाँडामा बलेरो जीप दुर्घटना हुँदा १ जनाको निधन भएको छ भने २५ जना घाइते भएका छन् ।

नवलपुरको बुलिङटारबाट कावासोती आउँदै गरेको बागमती प्रदेश ०७–००१– ज ००२० नम्बरको बलेरो जीप दुर्घटनामा परेको हो । दुर्घटनामा परी १ जनाको मृत्यु भएको र २ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक यादव ढकालले बताए ।

घाइतेहरुलाई उद्दार गरेर अस्पताल पुर्याइएको ढकालले जानकारी दिए । मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ ।

२५ जना घाइतेहरु मध्ये ११ जनाको कावासोतीको नवलपुर अस्पताल र मध्यविन्दु जिल्ला अस्पतालमा उपचार भईरहेको छ भने बाँकीको थप उपचारका लागि चितवनतर्फ पठाइएको ढकालले जानकारी दिए ।

घटना स्थलमा प्रहरी, नेपाली सेना र स्थानीयले घाइतेहरुको उद्दार गरेको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

W कभर स्टोरी