बन्दीपुर हिलको आयोजनामा देउसीभैलो प्रतियोगिता हुने प्रथम हुनेलाई रु १ लाख दिईने

दमौली न्युज
  • ख-
  • ख+

बन्दीपुर : बन्दीपुरहिलको आयोजनामा दीपावलीलाई मध्यनजर गर्दै चाडपर्व उत्सव २०८१ को अवसरमा देउसीभैलो प्रतियोगिताको आयोजना गरिने भएको छ ।यही कार्तिक ९ देखि १५ गतेसम्म बन्दीपुर केबलकार तल्लो स्टेसन स्थित केबलकार चोकमा देउसीभैलो प्रतियोगिताको आयोजना गरिने भएको हो ।

कार्यक्रमको प्रायोजकमा बन्दिपुर केबलकार एण्ड टुरिजम लिमिटेड रहेको आयोजकले जनाएको छ । कार्यक्रममा ख्याति प्राप्त कलाकारहरुको समेत सहभागिता हुने बताइएको छ ।

देउसीभैलो प्रतियोगितामा प्रथम हुने समुहले रु.एक लाख,द्वितीय हुनेले रु.५० हजार,तृतीय हुनेले रु.२५ हजार र सान्तवना पुरस्कार रु.दश हजार रहेको छ ।नेपालीहरुको मौलिक,कलासंस्कृतिको संरक्षण गर्न यस किसिमको अभियान अघि बढाएको बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेडका अध्यक्ष रामचन्द्र शर्माले जानकारी दिनुभयो ।

टुरिजमले बन्दीपुर गाउँपालिका–४ केबलकार चोक स्थित तल्लो स्टेशनमा ५६ रोपनी क्षेत्रफलमा फैलिएको ‘टुरिष्ट पाकर्’,अन्तर्राष्ट्रियस्तरको अत्यधुनिक रेष्टुरेण्ट,सत्रतलाको पाँचतारे होटल “क्वीन टावर” र केबलकार लगायतका संरचना निर्माण गरि संचालनमा ल्याइसकेको छ ।


तल्लो स्टेशनदेखि माथिल्लो स्टेशनसम्म एक हजार ७ सय मिटर दुरीमा केबलकारका माध्यमबाट पाँचतारे होटलभित्र पुगेर केबलकार यात्रा टुंङिग्नेछ ।
समुन्द्री सतहदेखि करिब एक हजार एक सय मिटर उचाईमा उक्त होटल निर्माण गरिएको छ ।

टुरिजमले सबै संरचना निर्माण गरी संचालनमा ल्याइएसंगै बन्दीपुरको पर्यटन क्षेत्रमा उल्लेखनीय परिवर्तन हुन सक्ने उहाँले बताउनुभयो । उहाँका अनुसार कूल लागत ६ अरब २९ करोडमध्ये विभिन्न संरचना निर्माणमा रु.४ अरब ५५ करोड लगानी भैसकेको छ ।
टिकटक प्रतियोगिता


त्यसैगरी बन्दीपुरहिलले टिकटक प्रतियोगिताको समेत आयोजना गरेको छ । बन्दीपुर केबलकारको स्टेसन परिसरमा कुनै गीतमा बनाउनुपर्नेछ वा बन्दीपुरहिलले दिएको प्रमोशन गीतको आधारमा भिडियो बनाउनुपर्ने हुन्छ ।

प्रतियोगितामा अत्याधिक भ्यूज पाउनेले रु.दश हजार,अत्याधिक शेयर हुनेले रु.दश हजार र गुणस्तरीय भिडियो प्रस्तुत गर्नेले रु.दश हजार पुरस्कारको व्यवस्था गरिएको छ । कार्तिक १५ गते सम्म भ्यू र शेयरको आधारमा निर्णय गरि सार्वजनिक गरिने आयोजकले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

W कभर स्टोरी