सीट क्षमता भन्दा बढी यात्रु बोकेको सवारी साधन भेटिए कारवाही हुने

दमौली न्युज
  • ख-
  • ख+

दमौली : नेपालीहरुको महान पर्व बडा दशैं नजिकए संगै तनहुँ प्रहरीले सवारी साधन चेक जाँच कार्यमा कडाई गर्ने भएको छ । चाडपर्वको समयमा सीट क्षमता भन्दा बढी यात्रु राखेको भेटिएमा ठाउँको ठाउँ कारबाही गरिने प्रहरीले जनाएको छ ।

क्षमता भन्दा बढी यात्रु राखेको भेटिएमा रोक्ने र अर्को सवारी साधन व्यवस्था गरी यात्रुलाई सुरक्षित स्थान सम्म पुराउन लगाइने प्रहरी नायव उपरीक्षक अशोक थापाले बताए । क्षमता भन्दा बढी यात्रु राखेर यात्रा गर्दा इन्स्युरेन्स दाबीमा समेत असर पर्ने भएकाले सुरक्षित यात्राका लागि प्रहरीले सहजीकरण गर्ने पनि जानकारी दिए ।

चाडपर्वको समयमा बिशेषगरी यात्रुले सहज रुपमा यात्रा गर्न पाउन भन्ने हेतुले जिल्लाका चार स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिसकिएको छ । कारबाहीमा पर्नु अगावै सचेत भएर सवारी साधन चलाउन प्रहरीले आग्रह गरेको छ,उहाँले भन्नुभयो “मादक पदार्थ सेवन गर्ने,बढी क्षमता राखेर यात्रु बोक्नेलाई प्रहरीले कारवाहीको दायरमा ल्याउँछ ।”

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

W कभर स्टोरी