भारत : इण्डियन चेम्वर अफकमर्सले आयोजना गरेको दोश्रो इमर्जिङएशिया बैंकिङ अवार्डस् २०२४ को ८ विधा मध्ये लुम्बिनी विकास बैंकले पाँच विधामा सहभागिताजनाई पाँच ैवटै विधामा उपाधि जित्न सफल भएको छ । इण्डियन चेम्बर अफकमर्सले भारतको नयाँदिल्लीमा आयोजना गरेको बैंकिङ कन्क्लेभ २०२४ मा लुम्बिनी विकास बैंकले बेष्ट बैंक, बेष्ट पर्फमेन्स अन रिस्क मेनेजमेन्ट नेपाल, बेष्ट पर्फमेन्स अन एसेष्ट मेनेजमेन्ट नेपालमा विजेता एवंम ्बेष्ट पर्फमेन्स अन प्रोफिटा बिलिटी नेपाल र बेष्ट पर्फमेन्स अन ग्रोथ नेपालमा उपविजेताको उपाधिजित्न सफल भएको हो ।
अवार्डमा विमस्टेक अन्तर्गतका राष्ट्रहरु भारत, नेपाल, श्रीलंका, भुटान, म्यानमार लगायत देशका बैंकहरुले प्रतिस्पर्धा गरेका थिए । इण्डियन चेम्बर अफकर्मसले गत वर्ष देखि नै यो अवार्ड वितरण गर्न शुरु गरेको थियो । अवार्डका लागि इण्डियन चेम्बर अफकमर्सको आर्थिक मामिला तथा नीति विभागले विभिन्न सूचक निर्धारण गरेको थियो ।
स्थापनाकालदेखि नै इथिकल बैंकिङ, आर्थिक सुशासनलाई आत्मसात गर्दै र पारदर्शीता बैंकिङ सेवा उपलव्ध गराउँदै अघि बढेकोले अन्तर्राष्ट्रिय र राष्ट्रिय स्तरका अवार्डहरु जित्न सफल भएको र यस बाट बैंकको गरिमा र प्रतिष्ठा थप माथि पुगेको छ । अन्तर्राष्ट्रिय अवार्ड पाउनुमा बैंकका संचालक, कर्मचारी, ग्राहक र नियमनकारी निकाय लगायत सबैको योगदान र सहयोग रहेको छ । ३.५ अर्व चुक्ता पूँजी भएको राष्ट्रिय स्तरको विकास बैंकका सातै प्रदेशमा ८९ वटा शाखा कार्यालय, १ वटा एक्टेन्सन काउन्टर र २० वटा एटिएम संचालनमा रहेका छन् ।

















