दमौली : तनहुँको व्यास नगरपालिका–१ गल्बुबेसीमा ट्याक्टरले ठक्कर दिदाँ ८ बर्षीय बालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सबिन कुमाल रहेका छन् । ग १ त ७०३१ नम्बरको ट्याक्टरको ठक्कर बाट गम्भिर घाईते भएका बालकको उपचारको क्रममा मृत्यु भएको तनहुँका प्रहरी नायव उपरीक्षक अशोक थापाले जानकारी दिए ।
प्रहरी नायव उपरीक्षक थापाका अनुसार बालक ज्ञानगंगा बोडिङ स्कुल कक्षा दुईमा अध्यनरत रहेका थिए । ट्याक्टर चालक प्रदीप बिकलाई प्रहरी नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको पनि प्रहरी नायव उपरीक्षक थापाले बताए ।

















