मादीमा नुहाउँदा बगेका पुल मजदुर बेपत्ता

दमौली न्युज
  • ख-
  • ख+

दमौलीः मादी नदीमा पुल निर्माणमा संलग्न एक मजदुर नुहाउने क्रममा बगेर बेपत्ता भएका छन् ।

बेपत्ता हुनेमा बर्दिया घर भएका १९ वर्षका नविन चौधरी छन् । 

मादीमा पुल निर्माणमा संलग्न उनी हिजो काम सके पछि नुहाउने क्रममा बगेको तर हालसम्म अवस्था पत्ता लाग्न नसकेको प्रहरी नायव उपरीक्षक अशोक थापाले जानकारी दिए ।

उनको खोजी कार्य जारी रहेको थापाले जानकारी दिए ।

उनी व्यास ३ र ५ जोड्ने मादी पुल निर्माणमा संलग्न रहेको प्रहरीले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

W कभर स्टोरी