दमौलीका आयुर्वेदिक पसलको अनुगमनः अधिकांश नियमविपरित

  • ख-
  • ख+

दमौलीः दमौलीमा सञ्चालित अधिकांशजसतो आयुर्वेदिक पसल नियम विपरित चलेको पाइएको छ । जिल्ला आयुर्वेद कार्यालयको नेतृत्वमा गरिएको अनुगमनका क्रममा अधिकांश पसलमा नियम विपरित पाइएको छ ।


‘धेरैले आवश्यक कागजात देखाउन सकेनन्,’ जिल्ला आयुर्वेद कार्यालय तनहुँका प्रमुख डा.रामप्रवोध मण्डलले भने,‘एक थोक भनेर अर्को गर्ने बढी पाइयो ।’
दमौलीमा सञ्चालित कतिपय औषधी पसल भनिए पनि उनीहरुले चिकित्सकको नाम राखेर प्रचार गरेको पाइएको उनले बताए । ‘फर्माको नाममा दर्ता छ,’ उनले भने,‘तर डाक्टरको नाम राखिएको छ ।’


कतिपय क्लिनिकमा होमियोप्याथिकको अनुमति लिएर आयुर्वेदिकको उपचार गर्ने गरिएको पनि उनले बताए । अनुगमन टोलीले कागजात पर्याप्त देखाउन नसकेका पसलेलाई एक साताको समय दिएको छ । ‘पहिलो पटकलाई कागजात देखाउन नसकेका र मापदण्ड विपरित चलेकालाई सुध्रिन समय दिइएको छ,’ मण्डलले भने,‘एक सातामा पनि सुधार नगरे कारवाही हुन्छ ।’


‘भ्रमात्मक प्रचार बढी’
आयुर्वेद प्रमुख मण्डलले धेरै आयुर्वेदिक क्लिनिकहरुले उपचार सम्भव नभएका केसमा पनि अस्वाभाविक प्रचार गरेको पाइएको बताए । ‘मानिसलाई भ्रम देखाएर प्रचार गरेको पाइयो,’ उनले भने,‘केही ब्यानर हामीले जफत गरेका छौं ।’

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्