बधशालामा रहेको रागाँको हड्डी राम्रो व्यवस्थापन नहुँदा बस्ती दुर्गन्धीत

दमौली न्युज
  • ख-
  • ख+

दमौली : व्यास नगरपालिका वडा नं ३ देउराली नगरमा रहेको पशु वधशालाका कारण वस्ती दुर्धन्धीत भएको छ । बधशालामा काटीएको रागाँको हड्डी राम्रो व्यवस्थापन नगरि दिदा वधशाला नजिक रहेका वस्तीमा दुर्घन्धीत फैलिएको पुल्चोक टोल विकास संस्थाका निवर्तमा अध्यक्ष नेत्र बहादुर थापाले बताएका छन् ।

व्यास नगरपालिका वडा नं ३ का वडा सदस्य दधिराज धिमिरेले जनप्रतिनिधि र वडा कमिटि बधशालाको विषयमा एकदमै संवेदनशिल भएको र मासु व्यवसायी समिति संग पनि सहजीकरण गरेको कुरा बताएका छन् ।

हामी त्यहाँको वस्तु स्थितिका बारेमा एकदमै चासोका साथ अगाडी बढेका छौ । आज विहान मात्र पनि मैले अनुगमन गरेको थिए, हड्डी खाल्टामा पुरीएको र हड्डी कुकुरले खोतली निकाल्दो रहेछ, त्यहि भएर पनि दुर्घन्धीत भएको हो र यो तत्काल रोकिएन भने त्यहाँका स्थानियले ताल्चा लगाउनु भन्दा पनि हामी नै गएर ताल्चा लगाउछौ उनले भने ।

हड्डीको र लादीको व्यवस्थापनको समस्यका बारेमा नगर प्रमुख वैकुण्ठ न्यौपानेलाई पनि फोटो र भिडियो देखाएको र बधशालाको हड्डी एक÷दुई दिनमा उड्ने पनि जानकारी दिए । एक जना व्यवसायी मुवारकको कारणले यस्तो भएको ले उहाँलाई वडामा बोलाएर यस विषयमा भन्ने पनि बताए ।

हड्डीको व्यवस्थापन छिट्टै नगरेमा बधशालामा ताल्चा लगाईने पनि स्थानियको भनाई छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

W कभर स्टोरी