राष्ट्रिय दलित पत्रकार संघ तनहुँको अध्यक्षमा पुर्ण वि.के

दमौली न्युज
  • ख-
  • ख+

दमौली : राष्ट्रिय दलित पत्रकार संघ तनहुँ शाखाको दोस्रो अधिवेशन तथा साधारण सभा सम्पनन भएको छ ।
अधिवेशनले पुर्ण वि.केको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको हो । संघको उपाध्यक्षमा असोक वि.क ,सचिवमा शर्मिला वि.क. कोशाध्यक्षमा अन्जान परियार र सह–सचिवमा सुरेश वि.क. रहेका छन् । सदस्यहरुमा ऋतिका सुनार, सपना सेन्च्युरी,अमृत परियार चयन भएका छन् पदाधिकारी सँगै समितिलाई पुर्णता दिन बाँकी २ जना सदस्यहरू समितिको बैठकले मनोनित गर्ने बताईएको छ

कार्यक्रममा प्रमुख अतिथि व्यास नगरपालिकाका वैकुण्ठ न्यौपाने, विशिष्ट अतिथि व्यास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत काशिनाथ गैरे,भानु नगरपालिकाकी उप प्रमुख उमा गोतामे कार्यपालिका सदस्य चन्द्रमाया परियार ,कार्यपालिका सदस्य रणसिंह नेपाली,नेपाल पत्रकार महासंघका अध्यक्ष उज्वल पौडेल,तनहुँ सुनचाँदी व्यवसायी संघ अध्यक्ष हरि गतराज र दलित अधिकारकर्मी कृष्ण रुचाल,दलित पत्रकार संघ चितवन शाखाका अध्यक्ष श्याम वि.क.लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

राष्ट्रिय दलित पत्रकार संघ तनहुँ शाखाका अध्यक्ष साने बहादुर नेपालीको अध्यक्षतामा भएको कार्यक्रममा संघका सचिव असोक वि.क.ले कार्यक्रम संचालन गरेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्