पोखरीमा डुबेर एक जनाको मृत्यु

दमौली न्युज
  • ख-
  • ख+

धनगढी : धनगढीमा तालमा डुबेर एक जनाको मृत्यु भएको छ ।

शनिबार दिउँसो धनगढी उपमहानगरपालिका– ३ विशालनगरमा रहेको नेतुवा तालमा परिचय नखुलेका अन्दाजी ३० वर्षीय पुरुषको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कबिन्द्रसिंह बोहराले जानकारी दिए ।

तालमा डुबेका उनको शव निकालिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्