दमौली : नेपाल तरुण दल, जिल्ला कार्य समिति, तनहुँको आयोजनामा ७४औं तरुण स्थापना दिवसको अवसरमा शुभकामना आदानप्रदान, तरुण पुरस्कार वितरण एवं चियापान कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ।
“राष्ट्रियता, लोकतन्त्र, समाजवाद र तरुण एकता प्रति समर्पित” मूल नाराका साथ आयोजित उक्त कार्यक्रममा नेपाली कांग्रेस केन्द्रीय समितिका महामन्त्री प्रदीप पौडेलको प्रमुख आतिथ्यता रहेको थियो।
व्यास-२, अनसनचौतारी, दमौलीमा आयोजित कार्यक्रममा तरुण दलका नेता तथा कार्यकर्ताहरूको बाक्लो उपस्थिति रहेको थियो। कार्यक्रमको अवसरमा विभिन्न क्षेत्रमा योगदान पुर्याउने व्यक्तित्वहरूलाई तरुण पुरस्कार वितरण गरिनुका साथै उपस्थित सहभागीहरूबीच शुभकामना आदानप्रदान र चियापान गरिएको थियो।


















