दमौली : नेपाली कांग्रेस म्याग्दे गाउँ कार्यसमितिले आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेल प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए।
गाउँ कार्यसमिति सभापति नरसिंह रानाको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य पुरुषोत्तम खनाल, पूर्वकेन्द्रीय सदस्य ध्रुव वाग्लेलगायत पार्टीका नेता तथा कार्यकर्ताहरूको बाक्लो उपस्थिति रहेको थियो।
कार्यक्रममा पार्टीका नेता तथा कार्यकर्ताहरूबीच शुभकामना आदानप्रदान गरिएको थियो। साथै, चियापानमार्फत आपसी सद्भाव, एकता र सहकार्यलाई थप मजबुत बनाउने उद्देश्य राखिएको थियो।


















