दमौली : अलपत्र परेका ५५ वर्षका धनकृष्ण शाहीले घर पुग्न सहयोग गरि दिन आग्रह गर्दै रुदै आए पछि उनको उद्दार गरिएको छ । म्याग्दी घर बताउने धनकृष्ण शाहिलाई पत्रकार,लाईन्स क्लव र प्रहरीको सहयोगमा आफ्नो घर पठाईएको हो ।
काठमाण्डौंबाट उनी घर जान भनी बसमा चढेका तर वसले मुग्लीङ्मा ओराली दिए पछि उनी ५ दिन देखि हिडेर दमौली आएका थिए ।
केहि दिन देखि केहि खाएको छैन भन्दै आफु भोकै रहेको बताउने शाहीलाई पत्रकार सन्त नेपाली, शंकरराज नहर्की, पुर्ण वि.के. र देव गजमेरको सहयोगमा खाने कुराको व्यवस्था गरी केहि रकम संकलन गर्नुका साथै बृद्धलाई लाईन्स क्लवले नयाँ कपडाको व्यवस्था गरी फेरी दिएको थियो ।
उनि १५ महिना अगाडी बाईकले हानेको र युवा संघले उपचार गरि दिएको भन्दै खुट्टाको घाउ पनि देखाउदै मलाई पोखरा सम्म जानको लागि सहयोग गरि दिन आग्रह गरे पछि सवैको सहयोगमा उनलाई वसमा चढाई पोखरा सम्म पठाईएको छ, पोखरामा उनको आफन्त रहेकोले पनि आफु पोखरा सम्म मात्र जान चाहेको उनले बताए ।

















