पढ्न विदेश जानेलाई वाणिज्य बैंकले १ करोड ऋण दिने

दमौली न्युज
  • ख-
  • ख+

काठमाडौंः राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले अध्ययनका लागि विदेश जान चाहनेलाई १ करोड रुपैयाँसम्म कर्जा लगानी गर्ने भएको छ ।

बैंकले सार्वजनिक गरेको नयाँ योजनाअन्र्तगत उच्च शिक्षा अध्ययन गर्न चाहनेका लागि १ करोड रुपैयाँसम्मको कर्जा शैक्षिक कर्जा योजनाअन्र्तगत प्रदान गरिनेछ ।

बैंकका अनुसार योजनाअन्र्तगत विद्यार्थीहरूले ५ लाखदेखि १ करोड रुपैयाँसम्मको कर्जा प्राप्त गर्न सक्नेछन् ।

योजना अन्तर्गत पहिलो किस्ताको रकम सोझै कलेज वा अध्ययन गर्ने संस्थाको नाममा पठाउन सकिन्छ । बैंकले अध्ययनको सम्पूर्ण शैक्षिक खर्च तथा शुल्कको ८० प्रतिशतसम्म कर्जा लगानी गर्ने जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

W कभर स्टोरी