
काठमाडौंः कोरोना भाइरसको संक्रमण दिनप्रतिदिन बढिरहेको छ। काठमाडौं उपत्यकासहित देशका केही जिल्ला उच्च जोखिममा रहेका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका १० जिल्ला ‘रेड जोन’मा रहेका छन्। काठमाडौं उपत्यकालगायत १० जिल्लामा कोरोना संक्रमण धेरै रहेको छ।
रेड जोनमा रहेका १० जिल्लामध्ये काठमाडौं उपत्पका तीन जिल्ला पनि छन्। जसमा काठमाडौं, ललितपुर, भक्तपुर, पर्सा, धनुषा, चितवन, सुनसरी, मोरङ, रौतहट, बाँके, रुपन्देही र कैलाली छन्। यि जिल्लामा संक्रमितको संख्या धेरै रहेको स्वास्थ्य मन्त्रालयको तथ्यांक छ।