संविधान दिवसमा कांग्रेसको बुद्धिजीवी विभागले विशेष अन्तर्क्रिया गर्ने

दमौली न्युज
  • ख-
  • ख+

काठमाडौँ —नेपाली कांग्रेसको पेशागत तथा बुद्धिजीवी विभागले संविधान दिवसका दिन विशेष अन्तरक्रिया गर्ने भएको छ ।

सानेपा स्थित केन्द्रीय कार्यालयमा सोमबार बसेको विभागको बैठकले संविधान जारी भएको दिनलाई स्मरण गर्दै असोज ३ गते विशेष अन्तरक्रिया कार्यक्रम गर्ने निर्णय गरेको विभागकी प्रमुख डिला संग्रौलाले जानकारी दिइन् ।

विभागको बैठकले संस्थापक नेता वीपी कोइरालाको १११ औं जन्मजयन्तीको सन्दर्भमा भाद्र २५ गते ‘वीपीको समाजवाद र बुद्धिजीवीको भुमिका’ सन्दर्भमा विचार गोष्ठी गर्ने कार्यक्रम समेत तय गरेको छ । कान्तिपुर

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

W कभर स्टोरी