
बन्दीपुरः बन्दीपुर अस्पताललाई स्वस्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य सामग्री पठाएको छ ।
जिल्लाकै पुरानो अस्पताललाई सामग्री पर्याप्त नहुँदा समस्या परेको भन्दै एक प्रतिनिधिमण्डलले स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेललाई ध्यानाकर्षण गराएलगत्तै अस्पतालले सामग्री प्राप्त गरेको हो ।
स्वास्थ्य सेवा विभाग मार्फत अस्पताललाई मन्त्रालयले ३ वटा युएसजी मेसिन ३ वटा थर्मोकोगुलेटर, ३ ईसीजी मेसिन, ३ डेलिभरी बेड तथा ३ सेन्ट्रिफ्युज मेसिन लगायत करिब २० लाख बराबरको स्वास्थ्य सामाग्री उपलब्ध गराएको भेटमा पहल गरेका बन्दीपुरका कांग्रेस नेता रेशम गुरुङले जानकारी दिए ।
बन्दीपुर गाउँपालिका अध्यक्ष सुरेन्द्र थापाले सामग्री ग्रहण गरेका छन् ।
उपकरण माग गर्दै आफू नेतृत्वको टोलीले सहयोग आग्रह गर्दा मन्त्री पौडेलले प्रतिबद्धता जनाएलगत्तै साता दिनमै ती सामग्री प्राप्त भएको गाउँपालिका उपाध्यक्ष पन्चमाया गुरुङले बताइन् ।