
आँबुखैरेनीः पृथ्वी राजमार्गमा पहिरो नियन्त्रणका लागि जोखिमपूर्ण चट्टान सफाइ गर्न भन्दै सोमबार बिहान सडकको आगमन रोकिने भएको छ ।
सडक डिभिजन दमौलीले एक सूचना जारी गर्दै सो सडक खण्डमा पहिरो नियन्त्रणका लागि जोखिमपूर्ण चट्टान सफाइ गर्नका लागि बिहान ६ः३० बजेबाट १० बजेसम्म आागमन रोकेर सफाइ गर्न लागिएको उल्लेख गरेको छ ।
ीडभिजन प्रमुख पशुपती ज्ञवालीले सोमबार बिहान मात्र आगमन रोकिने भन्दै सघाउन सबैमा अनुरोध गरेका छन् ।
यसैगरी, तनहुँ प्रशासनले एक विज्ञप्ति जारी गर्दै सोही अवधिमा गत सुक्रबार दुर्घटना भएको भारतीय बस निकाल्नका लागि ठूला मेसिनरी उपकरण प्रयोग गरि निकाल्ने कार्य समेत हुने भन्दै यातायात व्यवसायीलाई सो अवधिमा यात्रा व्यवस्थापन गर्न अनुरोध गरेको छ । प्रशासकीय अधिकृत मैताबहादुर गुरुंगले यसबाट पर्ने असुविधताप्रति भन्दै माफी मागेका छन् ।