आँबुखैरेनी : तनहुँको आँबुखैरेनी गाउँपालिका २ ऐनापहरामा आज बस दुर्घटना हुँदा १४ जनाको घटनास्थलमै मृत्यु भएको छ भने १७ जना घाइते भएका छन् ।
घाइते भएका सबैको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । पोखराबाट काठमाडौं जाँदै गरेको भारतीय नम्बर यूपी ५३ एफटी ७६२३ नम्बरको बस आज बिहान सवा ११ बजे अनियन्त्रित भएर मर्स्याङदी नदीमा खसेको हो। घटनास्थलमा सुरक्षाकर्मीको टोलीले उद्धार गरेको छ ।

















