आँबुखैरेनी : तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नं. २ ऐनापहरा नजिक वस दुर्घटना भएको छ । पोखरा देखि काठमाण्डौंका लागि छुटेको भारतीय वस सडकबाट करिव १०० मिटर तल मस्याङ्दी नदिमा खसेको छ ।
अहिले प्रहरी घटनास्थल मा पुगी उद्दार कार्यमा जुटिरहेको पनि ईलाका प्रहरी कार्यालय आँबुखैरेनीले जनाएको छ । वसमा करिव ४० जना यात्रु रहेको बताईको छ । घटनामा के कति मानविय क्षति भएको छ भन्ने बारेमा विस्तृत विवरण आउन बाँकी रहेको जनाईएको छ ।

















