
काठमाडौंः तपाईं गाडि किन्ने सोचमा हुनुहुन्छ ?
यदि सस्तो ऋण नपाएर तनावमा हुनुहुन्छ भने तपाईंका लागि राष्ट्रिय वाणिज्य बैंकले सजिलो बनाइदिनेछ ।
बैंकले गाडि किन्न चाहनेलाई लक्षित गरेर आरबीबी भेहिकल लोन फेष्टिभ अफर सार्वजनिक गरेको छ ।
यसअन्र्तगत ऋण लिन चाहनेले ७.७७ प्रतिशत ब्याजदरमा कर्जा पाउनेछन् । यो योजनामा बैंकले स्थिर ब्याज प्रणली लागु हुने बैकले जनाएको छ ।
भाद्र १ गतेदेखि शुरु योजना आगामी कार्तिक मसान्तसम्मको लागि मात्र लागू हुने बैंकले जनाएको छ ।