शिक्षक संगठन तनहुँको नगर प्रमुखलाई ज्ञापन पत्र

दमौली न्युज
  • ख-
  • ख+

दमौली : नेपाल शिक्षक संगठन तनहुँले शिक्षक तथा विद्यालय कर्मचारी हकहित र बैज्ञानिक समाजबाद शिक्षा प्राप्ति संगै शैक्षिक क्षेत्रको आमुल परिवर्तनको लागि भन्दै १७ बुद्धे माग सहित ज्ञापन पत्र बुझाएको छ ।

अखिल नेपाल शिक्षक संगठनका केन्द्रिय सचिव सुर्य कुमार घिमिरे, केन्द्रिय सदस्य मिना घिमिरे,अखिल नेपाल शिक्षक संगठन तनहुँका अध्यक्ष हेमलाल घिमिरे, नेपाल शिक्षक संगठन तनहुँका जिल्ला उपाध्यक्ष कृष्ण विश्वकर्मा लगाएतको टोलिले व्यास नगरपालिकाका नगर प्रमुख वैकुण्ठ न्यौपानेलाई ज्ञापन पत्र बुझाएका हुन् ।

संगठनले दरबन्दी प्रक्रियामा मावि.तहको स्थायी क्षिक्षक प्र.अ हुनु पर्ने,स्वंयम सेवक शिक्षकलाई व्यास नगरपालिका शिक्षकमा रुपान्तरण गरि दशंै भक्ता सहिको प्रवन्ध मिलाउनु पर्ने, नेपालको सविधानको मौलिकहकमा आधारभुत तह सम्म अनिवार्य निशुल्क र मा.वि तह सम्म निशुल्क शिक्षणलाई व्यवहारिक रपमा नै लागु हुने प्रवन्ध मिलाउनु पर्नें, कक्षा ११ र१२ संचालन भएका विद्यालयमा १० प्रतिशत छात्रबृत्ति हुनु पर्ने ज्ञापन पत्रमा जनाईएको छ ।

त्यस्तै ज्ञापन पत्रमा करार शिक्षक छनौट गर्दा सवै विषय विशेज्ञ हुने बातावरण मिलाउनु पर्ने, संस्थागत विद्यालय मासिक शुल्क भर्ना शुल्क र अन्य शुल्क बैज्ञानिक आधार सहति निधारर्ण गर्ने व्यवस्थाको माग गरिनु पर्ने उल्लेख छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

W कभर स्टोरी