सुप्रिम सहकारीको साधारणसभा सुभारम्भ

  • ख-
  • ख+

बिकास खनाल
सुप्रिम बचत तथा ऋण सहकारी संस्था लिमिटेड थर्पुकाे १३ अाैँ बार्सिक साधारणसभा बुधबारबाट थर्पुमा सुभारम्भ गरिएको छ । साधारणसभाकाे सहकारीका अध्यक्ष हरिबहादुर थापाले सुभारम्भ गरे । बिगतका बर्षहरूमा निकै तामझामका साथ गरिने साधारणसभा यसपटक भने सामान्य तरिकाले सुरुवात गरियो । सहकारी बिभाग र म्याग्दे सहकारी संघ तथा सहकारी संस्थाकाे साधारणसभा सम्बन्धि जारी गरेको सुचना अनुसार तथा बिश्वब्यापी महामारी काेभिड १९ लाई मध्यनजर गर्दै सामाजिक दुरी कायम गरि असाेज २८ गतेदेखि कात्तिक १ गतेसम्म ४ दिनकाे लागि साधारणसभा बिना तामझाम सुरुवात भएको हाे।बि सं २०६५ सालमा स्थापित साविक छाङ्ग , मनपाङ र जामुने गाविसका उत्साहित समाजसेवी ,उद्योगी ,ब्यापारी , शिक्षक , राष्टसेवक कर्मचारी , राजनितीकर्मि एवं प्रवुद्द नागरिकहरूकाे संलग्नता एवं सकृयतामा थर्पु वजारमा सहकारी स्थापना भएको हाे । यश अबधिमा सहकारीले अाफ्नै सुविधायुक्त भवन बनाई सेवा प्रदान गरेकाे सहकारीका अध्यक्ष हरिवहादुर थापाले बताए । सहकारीको हाल सेयरपुँजि ५ कराेड ८६ हजार ९ सय रहेको छ भने बचत निक्षेप २१ कराेड ७० लाख ३ हजार ७ सय १३ र कर्जा लगानी २४ करेाेड ४५ लाख ४९ हजार रहेको साधारणसभा जानकारी गराईएकाे छ । म्याग्दे गाउँपालिका भरिकै अब्बल सहकारीको रूपमा हेरिने यस सहकारी बाट बिध्ुत, पानी , टेलिफाेन , इन्टरनेट का बिल भुक्तानी , माेवाइल रिचार्ज , डिस हाेम रिचार्ज लगायतका सेवा दिइँदै अाएकाे छ । सहकारीले हालै मात्र गुणादी मा पनि सेवा केन्द्र स्थापना गरेको छ । साधारणसभा सुभारम्भकाे सन्चालन सहकारीका सचिव केशवराज अधिकारीले गरेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी