
दमौली : तनहुँ प्रहरीद्वारा एक सय बीस थान अबैध चिरान काठ सहित मंङगलबार एक व्यक्तिलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा तनहुँको घिरिङ गाउँपालिका–५ बस्ने बर्ष २५ का अबि बहादुर राना रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
व्यास नगरपालिका–१ भादगाउँ स्थित छाब्दी सडक खण्डमा प्रहरीले सवारीसाधन चेकजाँच गर्ने क्रममा उक्त काठ बरामद गरिएको तनहुँका प्रहरी नायव उपरीक्षक दीपक कुमार रायले जानकारी दिनुभयो ।
उनका अनुसार ग १ त ४२४१ नंम्बरको ट्याक्टरमा लोड गरी ल्याउँदै गरेको अवस्थामा एक सय बीस थान चिलाउने चिरान काठ भेटिएको हो । पक्राउ परेका रानालाई आवश्यक कारवाहीको लागि डिभिजन बन कार्यालयमा पठाइएको पनि उनले जानकारी दिए ।