
दमौली पृथ्वीराजमार्गमा पहिरो गएको छ । राजमार्गअन्तर्गत चितवनको इच्छाकामना–३, फिस्लिङमा सोमबार बिहान लेदोसहितको पहिरो खसेको छ।
एक्साभेटरको सहायताले पहिरो पन्छाउने कार्य भइरहेको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ । बिहान ५ बजे खसेको पहिरोका कारण मुग्लिन–काठमाडौं सडक दुईतर्फी अवरुद्ध बनेको हो।