
दमौली : तनहुँको भानु नगरपालिका वडा नं ६ लेङगावारी स्थितिमा रहेको चुंदी खोलाले बगाउँदा एक जना बेपत्ता भएका छन्।
बेपत्ता हुनेमा बर्ष ४०का निम बहादुर मस्राङगी रहेका छन् ।उनलाई नुहाउने क्रममा खोलाले बगाएर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।
बेपत्ता मस्राङगीको नेपाल प्रहरी, शसस्त्र प्रहरी बल लगायत को संयुक्त टोलीले खोजतलास गरी रहेको बताईएको छ।