सुप्रिमको कर्जा लगानी २४ करोड

  • ख-
  • ख+

विकास खनाल

थर्पु: सुप्रिम बचत तथा ऋण सहकारी संस्था लिमिटेड थर्पुको १३ औँ बार्सिक साधारणसभा बुधबारबाट थर्पुमा सुभारम्भ गरिएको छ । साधारणसभाको सहकारीका अध्यक्ष हरिबहादुर थापाले सुभारम्भ गरे । विगतका वर्षहरूमा निकै तामझामका साथ गरिने साधारणसभा यसपटक भने सामान्य तरिकाले सुरुवात गरियो ।

सहकारी विभाग र म्याग्दे सहकारी संघ तथा सहकारी संस्थाको साधारणसभा सम्बन्धी जारी गरेको सुचना अनुसार तथा बिश्वब्यापी महामारी कोभिड १९ लाई मध्यनजर गर्दै सामाजिक दुरी कायम गरि असोज २८ गतेदेखि कात्तिक १ गतेसम्म ४ दिनको लागि साधारणसभा बिना तामझाम सुरुवात भएको हो ।

विक्रम सम्वत २०६५ सालमा स्थापित साविक छाङ्ग , मनपाङ र जामुने गाविसका उत्साहित समाजसेवी, उद्योगी, व्यापारी, शिक्षक, राष्टसेवक कर्मचारी, राजनीतिकर्मी एवं प्रवद्ध नागरिकहरूको संलग्नता एवं सकृयतामा थर्पु वजारमा सहकारी स्थापना भएको हो । यस अवधिमा सहकारीले आफ्नै सुविधायुक्त भवन बनाई सेवा प्रदान गरेको सहकारीका अध्यक्ष हरिबहादुर थापाले बताए ।


सहकारीको हाल सेयरपुँजी ५ करोड ८६ हजार ९ सय रहेको छ भने बचत निक्षेप २१ करोड ७० लाख ३ हजार ७ सय १३ र कर्जा लगानी २४ करोड ४५ लाख ४९ हजार रहेको साधारणसभा जानकारी गराईएको छ । म्याग्दे गाउँपालिका भरिकै अब्बल सहकारीको रूपमा हेरिने यस सहकारीबाट विद्युत, पानी, टेलिफोन, इन्टरनेट बिल भुक्तानी, मोवाइल रिचार्ज, डिस होम रिचार्ज लगायतका सेवा दिइँदै आएको छ ।

सहकारीले हालै मात्र गुणादीमा पनि सेवा केन्द्र स्थापना गरेको सहकारीका सचिव केशवराज अधिकारीले जानकारी दिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी