छाब्दी खोला दोभानमा दाउरा तान्न जादा नदीले बगाउँदा एक जना बेपत्ता

दमौली न्युज
  • ख-
  • ख+

दमौली : छाब्दी खोलाको दोभानमा बाढीले बगाएर ल्याएको दाउरा तान्न जादा बुधबार बिहान नदीले बगाउँदा एक जना पुरुष बेपत्ता भएका छन् ।

जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार व्यास नगरपालिका–१ भादगाउँ निवासी ५५ बर्षका तालबहादुर थापा बेपत्ता भएका हुन् । सोही वडा स्थित छाब्दीखोला दोभानमा बाढीले बगाएर ल्याएको दाउरा तान्दै गर्दा अचानक नदीमा आएको भेलले बगाएको प्रहरीले जनाएको छ ।

नदीले बगाएका व्यक्तिको अहिले व्यापक खोजी कार्य भैरहेको तनहुँका प्रहरी नायव उपरीक्षक दीपक कुमार रायले जानकारी दिए । उनका अनुसार गए राती देखि अबिरल बर्षा परिरहेको र नदीमा पानीको बहाव बढेकाले खोजी कार्यमा कठिनाई हुने देखिएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्