सेतिमादिको किनारामा पुरुषको शव फेला

दमौली न्युज
  • ख-
  • ख+

दमौली : तनहुँको व्यास नगरपालिका वडा नं.१३ छाब्दीखोलाको दोभान नजिक सेतीनदिको किनारामा आइतवार एक पुरुषको शव फेला परेको छ । अन्दाजी ३० ÷ ३५ वर्षिय पुरुषको शव नदी किनाराम तैरिरहेको अवस्थामा फेला परेको थियो ।

जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरिक्षक दिपक रायले उक्त व्यक्तिको पहिचान हुन नसकेको जानकारी दिए शव परिक्षणका लागि दमौली अस्पतालको शवगृहमा राखिएको र पहिचानका लागि प्रयास भर्ईरहेको उनले बताए ।

अन्दाजी पाँच फिट एक ईन्च उचाई, वायाँ हातमा ६ वटा औला भएको अनुहार शरिरको बाहिरी छाला खुईलिएको ति व्यक्तिको शव स्थानियवासीले देखे पछि प्रहरीलाई खवर गरेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

W कभर स्टोरी