एसईई नतिजाः होरालोकी रञ्जिला तनहुँमा उत्कृष्ट, ४२ प्रतिशत ११ अध्ययनका लागि योग्य

दमौली न्युज
  • ख-
  • ख+

दमौलीः तनहुँको होमराज लोहनी शारदा शिक्षा सदनकी छात्रा रञ्जिला क्षेत्री जिल्लामै उत्कृष्ट छात्रा भएकी छन् ।

बिहीबार सार्वजनिक एसईई नतिजाअनुसार ४ जिपिए ल्याउने उनी एक्ली छात्रा बनेको जिल्ला शिक्षा विकास तथा समन्वय एकाईका प्रमुख उद्धवराज कट्टेलले जानकारी दिए ।


उनका अनुसार तनहुँका कुल पाँच हजार ३ सय ६४ परिक्षार्थीमध्ये कक्षा ११ मा साधारण अध्ययनका लागि दुई हजार एक सय ७८ र प्राविधिकका लागि ५४ जना योग्य भएका छन् ।


जिल्लामा अपग्रेड ल्याउने विद्यार्थी ४१.६१ प्रतिशत छन् ।


३.६ देखि ४ जिपिए ल्याउने दुई सय ३६ जना छन् । यसैगरी ३.२ देखि ३.६ जिपिए ल्याउने सात सय ७ जना विद्यार्थी छन् ।
यसका अलावा निम्न अनुसार विद्यार्थीको नतिजा वर्गीकरण भएको उनले जानकारी दिए ।

4 जिपिए ल्याउने 1 जना
3.6 – 4 जिपिए 236 जना
3.2 – 3.6 जिपिए 707 जना
2.8 – 3.2 जिपिए 888 जना
2.4 – 2.8 जिपिए 382 जना
2.0 – 2.4 जिपिए 18 जना
1.6 – 2.0 जिपिए 1 जना
जम्मा अपग्रेडेड 2232

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्