बैंसमा गरेको अपराधमा बुढेसकालमा सजाय

  • ख-
  • ख+

२९ वर्षपछि जेल चलान भए जोगबहादुर
दमौलीः
फैसला भएको २९ वर्ष पछि एक व्यक्ति कर्तव्य ज्यान मुद्दामा सजाय भुक्तानका लागि कारागार चलान भएका छन् ।


२०४७ सालमा तत्कालिन घिरिङ गा.वि.स. वडा नं. ५ मा दशैंको पूर्णिमा मेलामा भएको झडपका क्रममा एक वृद्धलाई कुटपिट गरेर हत्या गरेका स्थानीय जोगबहादुर श्रेष्ठलाई प्रहरीले पक्रेको छ । घटना हुँदा उनी ३८ वर्षका थिए । तर नौ वर्ष छ महिना कैद भुक्तानका लागि कारागार चलान भएका उनी अहिले ६७ वर्षका भए ।


दुई समूहबीचको झगडामा उनीमाथि बाबुलाल थापा मगरका बुबालाई कुटपिट गरी हत्या गरेको ठहर गर्दै तनहुँ जिल्ला अदालतले २०४८ साल फागुन १९ गते फैसला गर्दै सजाय सुनाएको थियो ।
तर त्यसयता लामो समय फरार उनी हाल भने घरमै थिए ।

पछिल्लो समय पुराना फैसला कार्यान्वयनमा तातेको तनहुँ प्रहरीले उनलाई पक्रँदै २९ वर्ष पुरानो घटनामा दोषीलाई कारागार चलान गर्न बाध्य पारेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्