
आँबुखैरेनी : तनहुँमा बस दुर्घटना हुदा छ जना घाईते भएका छन् । पृथ्वीराज मार्ग अन्तर्गत आँबुखैरेनी गाउपालीका वडा न २ मा शनिवार बस दुर्घटना हुदा छ जना घाईते भएका हुन्।
काठमाण्डौबाट पोखरा तर्फ आउदै गरेको ना५ ख ४३७४ नम्बरको यात्रुवाहक वस अनियन्त्रित भई सडक वायातर्फ मा रहेको नालिमा दुर्घटना हुदा छ जना घाईते भएको जिल्ला प्रहरी कार्यालय जनाएको छ ।
बसको दुर्घटनाबाट घाईते हुनेहरुमा पोखरा महानगर पालिका १३ कास्कि बस्ने ३० बर्षिया सुनिता गुरुङ,५ बर्षिया रेशम सुनुवार पोखरा महानगरपालिका -३२ बस्ने २५ बर्षिया सङ्गिता तिवारी,२८ बर्षिया सन्दिप तिवारी ,धादिङको ज्वालामुखि गाउँपालिका -७ बस्ने ३८ बर्षिया टेकनाथ कंडेल र १० बर्षिया सुरक्षा कडेल रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक दिपककुमार रायले जानकारी दिए ।
सबै घाईतेहरुको आँबुखैरेनी अस्पतालमा उपचार भईरहेको पनि प्रहरीले जनाएको छ ।