
आँबुखैरेनी : जंगली च्याउ खाँदा एकै स्थानमा वस्ने पाँच जना बिरामी भएका छन् । जिल्लाको आँबुखैरेनी गाउँपालिका वडा नं. ६ हिलेखर्क बस्ने बर्ष ५४ को डिल बहादुर गुरुङले नजिकै रहेको जंगलबाट ल्याएको च्याउ खादाँ ५ जना विरामी भएका हुन् ।
डिल बहादुर गुरुङले नजिकैको जंगलबाट च्याउ ल्याएर खाँदा पाँच जना बिरामी भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ । बिरामी हुनेहरुमा बर्ष ५४ को डिल बहादुर गुरुङ ,बर्ष ५७ को मधु गुरुङ ,बर्ष ९२ को रण बहादुर गुरुङ ,बर्ष ८५ की द्रोणपती गुरुङ र बर्ष ५८ की पम्फी गुरुङ रहेको प्रहरी नायव उपरीक्षक दिपक कुमार रायले जानकारी दिए ।
प्रहरी नायव उपरीक्षक रायका अनुसार डिल बहादुर गुरुङ र मधु गुरुङको नयाँ मेडिकल कलेज भरतपुर चितवनमा उपचार भईरहेको छ भने रण बहादुर गुरुङ, द्रोणपती गुरुङ र पम्फी गुरुङको आबुखैरेनी अस्पताल आबुखैरेनीमा उपचार भईरहेको छ । उक्त घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको पनि प्रहरीले जनाएको छ ।