तनहुँ महोत्सव पौष २५ गते देखि हुदै

दमौली न्युज
  • ख-
  • ख+

दमौली : तनहुँ उद्योग वाणिज्य संघको आयोजनामा नवौं तनहुँ महोत्सव हुने भएको छ ।

तनहुँ उद्योग वाणिज्य संघ जिल्ला कार्यसमितिको चौथो बैठकले नवौँ तनहुँ महोत्सव–२०८१ गर्ने निर्णय गरेको हो ।नवौ तनहुँ महोत्सव २०८१ पौष २५ गते देखि माघ ७ गते सम्म सञ्चालन हुने जनाईएको छ ।

महोत्सवको मूल संयोजकमा संघका वर्तमान अध्यक्ष बैकुण्ठनाथ मिश्र रहेका छन भने त्यसै गरी महोत्सवको निर्देशकमा संघका निवर्तमान अध्यक्ष पविन्द्र कुमार श्रेष्ठ रहने पनि सोही बैठकबाट निर्णय गरिएको संघकी कार्यकारी सचिव सीता गुरुङले जानकारी दिईन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्