
दमौली : व्यास नगरपालिकाको उच्च अदालतले असार २ गते पुन: मतगणना गर्ने भनी दिएको उक्त आदेश उपर सर्वोच्च अदालतमा अन्तरकालिन आदेश माग गर्दे मेयर वैकुण्ठनाथ न्यौपानेले रिट दायर गरेका छन्।यसको पेशी २७ गते आइतबार तोकिएको छ।
तनहुँको व्यास नगरपालिकाको मेयरको पुनः मतगणना असार २ गते गर्न उच्च अदालत पोखराले आदेश दिएको थियो। उच्च अदालतका न्यायाधीश राजनप्रसाद भट्टराई र निर्मला पौडेल भट्टराईको संयुक्त इजलासले पुनः मतगणना गर्न फैसला गरेको थियो । फैसलामा असार २ गते बिहान १० बजेदेखि पुनः मतगणना अदालतले आदेश दिएको थियो ।
२०७९ वैशाखमा भएको निर्वाचनमा नगरपालिका प्रमुखमा स्वतन्त्र उम्मेदवारी दिएर पराजित दीपकराज जोशीले पुनः मतगणनाको माग गर्दै उच्च उदालत पोखरामा मुद्दा दर्ता गराएका थिए । निर्वाचनको दुई वर्षपछि बल्झिएको यो प्रकरणमा पुनःमतणना होला वा मेयर न्यौपानेको पक्षमा आदेश आउला धेरैले आइतबारको पेशीलाई चासोपूर्वक हेरिरहेका छन् ।