दमौली : तनहुँको व्यास नगरपालिका १ अम्रेनीमा भएको दुर्घटनामा पिडित पक्ष र चाईनिज कम्पनी विच विहिवार जिल्ला प्रशासनमा बसेको वार्तामा मृतकको परिवारलाई २५ लाख दिने भएको छ ।
पिडित पक्ष र चाइनिज कम्पनी पक्ष बिच आज बसेको वार्तामा पिडित परिवारलाई चाइनिज कम्पनीले ईन्सुरेन्स सहित ३० लाख दिने र घरको एक जना आयोजनामा रोजगार दिने सहमती भएको हो ।
सहमती संगै पार्शिक शरिरको पोष्टमार्टम गरि परिवारले शव बुझ्ने भएका छन् उक्त घटनाको छानबिन गरी हदै सम्मको कार्वाही हुने गरि मुद्वा दायर गर्ने सहमती भएको छ ।
व्यास–१ अम्रेनीमा गत सोमबार मोटरसाइकललाई पृथ्वी राजमार्ग निर्माण गरिरहेको चाइनिज कम्पनिको पानी हाल्ने ट्यान्करले ब्याक गरेर ठक्कर दिदा ईन्जिनियर प्रबिण कैनीको निधन भएको थियो ।

















