
दमौली : व्यास नगरपालिका १ अम्रेनीमा सोमबार भएको ट्याङ्करको ठक्कारबाट मुत्यु भएका २९ वर्षिय प्रविण कैनीका आफन्तले आज पनि राजमर्ग अवरुद्ध गराएका छन् ।
सोमवार भएको दुर्घटनामा मृत्यु भएका कैनीका आफन्त र स्थानियले चार बुँदे सहमति मध्ये बाटो खुलाउने मात्र काम भएको र अन्य बुँदाको वेवास्था गरेको हुनाले आज पनि पृथ्वीराज मार्ग अबरुद्ध गरेका छन् ।
प्रहरीले घटनास्थलमा तत्कालै माटो हालेर पुर्नु र मुजुल्का गर्दा पिडित वा छिमेकिलाई नवोलाईएको भन्ने प्रहरी प्रति उनीहरुको आरोप छ ।
हिजो भएको सहमति कार्यान्वयन नभएको भन्दै पीडित पक्ष आज पनि आन्दोलनमा उत्रिएका छन् ।