
बन्दीपुरः बन्दीपुरस्थित भुपु सैनिक कल्याणकारी समाजलाई भारतीय दूतावासले एम्बुलेन्स सहयोग गरेको छ ।
भारतको स्वतन्त्रता दिवसको अवसर पारी हस्तान्तरित एम्बुलेन्स बन्दीपुर ६ धरमपानी क्षेत्रका बिरामीको ओसारपसारका लागि उपयोग गरिने समाजका सचिव धनबहादुर आलेले बताए ।
हाल एम्बुलेन्स अभावमा त्यस भेगका बिरामीलाई समस्या परेकाले आग्रह गरिएकामा दूतावासबाट उपलब्ध भएको कांग्रेस महाधिवेशन प्रतिनिधि रेशम गुरुंगले बताए ।
भारतीय स्वतन्त्रता दिवसमा घोषणा गरिए पनि हालै मात्र एम्बुलेन्स बन्दीपुर आएको छ ।
अब बन्दीपुर वडा कार्यालयमार्फत सञ्चालन गर्ने गरी एम्बुलेन्स हस्तान्तरण गर्ने तयारी स्थानीयस्तरमा गरिएको सचिव आलेले बताए ।